back
CTIZAN AD

हाइकिङले जगायो आशा

वि.सं.२०७७ माघ २६ सोमवार

708 

shares

२६ माघ, गण्डकी । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा आशा जगाएको छ ।

हाइकिङका माध्यमबाट गण्डकी प्रदेशभित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६ औँ शृङ्खला थप्रेकमा सम्पन्न गर्दै यहाँका प्रकृति र संस्कृतिका विविध पक्षको स्थलगत अध्ययन एवं अवलोकन गरेको क्लबका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

धौलागिरि हिमालदेखि लमजुङ गोरखासम्मका हिमाल हुँदै पर्यटकीय नगरी पोखरा, तनहुँको सदरमुकाम दमौली आदिलाई एक साथ नियाल्न सकिने यी ठाउँ पर्यटकीयरूपमा उपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उनले बताए ।

हाइकर्स क्लबको समूहलाई स्वागत गर्दै शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले थप्रेक, गलाफु भञ्ज्याङ, गलेखामकोटलगायतका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन आवश्यक भएको बताए ।

हाइकर्स क्लबको एक दिवसीय हाइकिङले आशा जगाएको उल्लेख गर्दै उनले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न पूर्वाधार विकासलगायतका कामलाई आफूहरू निर्वाचित भएपछि प्राथमिकतामा राखेर अघि बढाइएको उनको भनाइ थियो ।

धार्मिकरूपमा यहाँका विभिन्न स्थलको आफ्नै विशिष्टता भएको जानकारी दिँदै उनले धार्मिक आस्था र विश्वासका थप्रेक कोट, गलाफु शिवालय, गलेखामकोटका साथै लामो समय खडेरी परेमा पानी मागिने तीर्थस्थल माइको थान आदि र यहाँबाट देखिने हिमाली तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने बताए ।

थप्रेकमा रहेका ठूलाठूला गर्हा, पोखरी पनि यहाँको पहिचान भएको बताउँदै वडाध्यक्ष पौडेलले पर्यवरणीयरूपमा विशेष महत्व राख्ने पोखरीको संरक्षणलाई वडाले जोड दिएको बताए । काठेपिपल, सिलिङ्गे, पोखरी थोक, अर्चलेलगायतका स्थान दृश्यावलोकनका लागि आकर्षक गन्तव्य रहेको उनले जानकारी दिए ।

थप्रेक टोल विकास संस्थाका अध्यक्ष टलबहादुर गुरुङले पर्यटकीयरूपमा आकर्षक गन्तव्य भएर पनि यहाँको सम्भावनालाई पर्यटन बजारमा उपयोग गर्न नसकिएको धारणा राखे ।

ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेनसिंह ठकुरी, जुमबहादुर गुरुङलगायतले यस क्षेत्रका सम्भावनालाई उजागर गर्नसके पर्यटन यहाँको समृद्धिका लागि महत्वपूर्ण आधार बन्न सक्नेमा जोड दिए ।
रासस

वि.सं.२०७७ माघ २६ सोमवार १०:३३ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...