२६ माघ, काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानको संयोजनमा प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको कविता तथा निबन्ध प्रतियोगिता २०७७ का लागि रचना आव्हान गरिएको छ ।
प्रतिष्ठानका अनुसार राष्ट्रिय भावना प्रतिबिम्ब हुने गरी १५० शब्दसम्मको कविता र राष्ट्रिय समृद्दिको यात्रामा युवावर्गका दायित्व शिर्षकमा नेपाली भाषामा १५०० शब्दसम्मको निबन्ध कम्युटरमा टाइप गरी फागुन २ गते आइतबार कार्यालय समयभित्र प्रतिष्ठानमा आइपुग्ने गरी पठाउनुपर्नेछ ।
कविता तथा निवन्ध दुवै विधातर्फ प्रथम हुनेलाई रु ५० हजार, द्धितीय हुनेलाई ४० हजार तथा तृतीय हुनेलाई ३० हजार रुपैयाँ र प्रमाणपत्र वितरण गरिने छ ।
जसका लागि सम्पर्क ०१-४२२१२४१, ४२२१२८३
email- prajatantaradiwas2077@gmail.com

वि.सं.२०७७ माघ २६ सोमवार ११:०५ मा प्रकाशित






























