माघ २६, काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले विभिन्न ११ एयरलाइन्समाथि कारबाहीको तयारी गरेको छ । लामो समयदेखि बुझाउनुपर्ने शुल्क तिर्न अटेर गर्दै आएका ११ एयरलाइन्समाथि कारबाहीको तयारी गरेको हो ।
सोमबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले शुल्क बुझाउन ३० दिने म्याद दिएको छ । प्राधिकरणले उक्त म्यादभित्र शुल्क नबुझाए कारबाही गर्नेसमेत स्पष्ट पारेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार ३० दिनभित्र शुल्क नबुझाए एयरलाइन्स सञ्चालकहरुको जायजेथाबाट शुल्क उठाईने छ ।
यी हुन् शुल्क बुझाउन अटेर गर्ने ११ एयरलाइन्स
नेकोन एयर
शिवानी एयर
अल्पाईन एयर
गोरखा एयर
कर्णाली एयर
माउण्टेन एयर
कस्मिक एयर
सांग्रिला एयर
स्काईलाईन एयरवेज
एयर काष्ठमण्डप
नेपाल एयरवेज
वि.सं.२०७७ माघ २६ सोमवार ११:५५ मा प्रकाशित






























