back
CTIZAN AD

सँस्थापक अध्यक्ष राईको समर्थन बासु नेपालको प्यानललाई

वि.सं.२०७७ माघ २६ सोमवार

1.3K 

shares

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को साधारण सभाबाट हुने नयाँ नेतृत्व चयन कार्यक्रममा सँस्थापक अध्यक्ष मानबहादुर राईले बासु नेपालको प्यानललाई समर्थन गर्ने भएका छन् । संस्थापक अध्यक्ष राईले नेपालको समुहले व्यवसायिको हितमा काम गर्न सक्षम भएको र व्यवसायिहरुको पक्षमा मुद्दा उठाउने भएकाले आफुले समर्थन गर्ने वताएका हुन ।

‘बासु नेपालको प्यानलमा उम्मेदवार राम्रो छ । समस्या पर्दा व्यवसायिको हितमा उहाँले खुलेर काम गर्न सक्नुहुन्छ । मैले हुर्काएको सँस्थाको उज्जल भविष्यको लागि मैले उहाँलाई समर्थन गर्ने निर्णय गरेको हु्ँ,’ राईले भने । कोरोना संकटले व्यवसायमा पारेको असर पन्छाउँदै अगाडि बढ्न फेकन र अरु सँस्थाहरु सँगै मिलेर जानुपर्ने अवस्था रहेको सँस्थापक अध्यक्ष राईको बझाई छ । नेपालले व्यवसायिलाई थप आत्मनिर्भर बनाउने, विभिन्न तालिम तथा गोष्ठी, सरकार सँगको समन्वय, भौतिक व्यवस्थापन र अरु व्यवसायिलाई संस्थामा आवद्ध गराउने लगाएतका काम गर्न सक्ने राईले बताए ।

फेकनका पुर्व बरिष्ठ उपाध्यक्ष रहेका बासु नेपालले २ वर्ष अगाडि भएको निर्वाचनमा सहमतिका आधारमा उम्मेदवारी दिएका थिएनन् । ‘त्यतिवेला म पनि स्वभाविक रुपमा अध्यक्षको दाबेदार थिएँ तर मैले सहमतिको आधारमा छोडिदिएँ,’ नेपालले बताए । यसपटकको निर्वाचनमा सबै व्यवसायिहरुको सल्लाहमा आफुले उम्मेदवारी दिएको नेपालको भनाई छ ।

यहि आउँदो फागुन ८ गते फेकनले नयाँ नेतृत्व चयन गर्ने साधारण सभा गर्दैछ, जसले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, दुई कोशाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ ।

वि.सं.२०७७ माघ २६ सोमवार १९:२० मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...