back
CTIZAN AD

तपाईको आज (मंगलबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ माघ २७ मंगलवार

705 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले समस्या समाधान गर्न सकिनेछ । काम पूरा नभए पनि उपलब्धिको स्रोत प्राप्त हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शरीरमा कमजोरी अनुभूति हुनेछ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । वादविवादले केही समस्या पनि निम्त्याउन सक्छ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसरसमेत दिलाउन सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ । समयमा सजग नहुँदा विश्वासपात्रबाटै धोका हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको साथ जुटाउने प्रयत्न गर्नुहोला ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । तर, आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम समेत प्रारम्भ गर्ने समय छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । ईर्ष्या गर्नेहरूले सताउलान् । पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । अध्ययनमा समय दिन नसकिएला । आत्मसम्मानमा आघात पुग्नेछ ।

धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम लिन नसक्दा अरूले फाइदा उठाउन सक्छन् । पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा तत्काल जुट्न नसकिएला । आत्मविश्वास कमजोर हुने छ । अद्यावधिक सूचनाको अज्ञानताले पनि काममा पछि परिएला । आगन्तुकले अलमल्याउन सक्छन् । थोरै आर्जनमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ । तापनि मेहनत गर्दा छिट्टै लाभ उठाउन सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने समय छ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला ।

कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन निकै लाभदायक रहनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा पनि राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर विशेष उपलब्धि प्राप्त गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।

२०७७ माघ २७ गते, मंगलवार, (९ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज सोमबारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ माघ २७ मंगलवार ०८:०१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...