२७ माघ, काठमाडौँ । पहिलो टेस्टमा जित हासिल गर्नको लागि ४२० रनको विशाल लक्ष्य पछाएको भारतले आफ्नो ६ विकेट ११७ रनमा गुमाएको छ ।
पहिलो टेस्टको चौथो दिनको अन्तिम सत्रमा १ विकेट गुमाएको भारतले पाचौँ दिनको पहिलो सत्रमा आफ्नो ५ विकेट गुमाईसकेको छ । भारतका रोहित शर्मा १२, चेतेश्वर पुजरा १२, अजिंक्य राहणे ०, शुभमन गिल ५०, रिषभ पंत ११ रन र वाशिंगटन सुन्दर ० बनाएका आउट भएका हुन ।
रोहित शर्मा र चेतेश्वर पुजराको विकेट ज्याक लिचले लिएका थिए भने अजिंक्य राहणे, शुभमन गिल र रिषभ पंतलाई जेम्स एनडरसनले आउट गरेका थिए । त्यसैगरी वाशिंगटन सुन्दरकाे विकेट डाेम बेशले लिएका थिए ।
भारतका लागि अहिले ब्याटिङ्गमा कप्तान विराटको २ रन र रविचन्द्र अश्विन ० रनमा ब्याटिङ्ग गरिरहेका छन ।
भारतलाई जितको लागि ६९ ओभरमा ३०३ रन बनाउन पर्ने छ भने इंल्याण्डले जितको लागि भारतको बाँकी ६ विकेट लिन पर्ने छ ।
वि.सं.२०७७ माघ २७ मंगलवार ११:१९ मा प्रकाशित




























