back
CTIZAN AD

दैनिक १८० किलोमिटरको यात्रा गर्दै बिनाडी

वि.सं.२०७७ माघ २७ मंगलवार

717 

shares

२७ माघ, टिकापुर । कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्छन् । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्छन् ।

नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओहरदोहर गर्छन् । पाँच महिनाअघि सरुवा भएर लम्की–चुहामा आएका बिनाडी कार्यालयको खर्चमा दैनिक १८० किलोमिटर ओहरदोहर गरिरेहेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको यातायात खर्चका बारेमा लेखा अधिकृत धर्मराज उपाध्यायले बोल्न चाहेनन् । उपाध्यायले इन्धनमा नगरपालिकाको मासिक खर्च रु दुई लाखसम्म हुन्छ भने । “आवास छ, सम्झौता भएकोजस्तो लाग्छ, सम्झौता कति रकममा भएको छ, त्यो त प्रशासनमा हेर्नुपर्छ”, उपाध्यायले भने, “घरायसी समस्याले ओहरदोहर गरेका हुन् ।

यसरी ओहरदोहर गर्दा सेवासमेत प्रभावित भएको स्थानीयवासीको भनाइ छ । “यसरी प्रभावकारी सेवा दिन्छन् जस्तो लाग्दैन”, स्थानीयवासी ललित जैशीले भने, “स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई खाने, बस्ने व्यवस्था स्थानीय सरकारले गर्ने प्रावधान छ जस्तो लाग्छ । त्यति लामो दूरी टाढा बस्नु भनेको इन्धनदेखि लिएर अन्य खर्च हुन्छ, उनले भुक्तानी कसरी बुझ्छन् हामीले थाहा पाउने कुरा भएन ।”

जैशीले स्थानीय तह प्रभावकारीरूपमा चलेको जस्तो नलागेको बताए । “यसरी लामो दूरी यात्रा गरेर कसरी प्रभावकारी सेवा दिन सक्छन् ?”, जैशीले प्रश्न गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाडीले आवास तयार हुँदै गरेको बताए । सेवा प्रभावितका बारेमा बिनाडीले आफू समयमै उपस्थित हुने गरेको जिकिर गरे ।

“म कहिलै पनि १० बजेभन्दा एक मिनेट ढिला गरेको छैन, ५ नबजी निस्केको पनि छैन”, बिनाडीले भने, “मैले एक दिन पनि बिदा लिएको छैन । दैनिक ओहरदोहरमा लाग्ने इन्धन, त्यो त हेर्नुपर्छ मलाई थाहा हुँदैन ।”

उता नगरप्रमुख महादेव बजगाईँले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था भएको भन्दै क्वार्टरमा नबस्नु प्रमुख प्रशासकीय अधिकृतको आफ्नै समस्या रहेको बताए । “होइन आवासको व्यवस्था छ, अस्ति मैले पनि सोधेको थिएँ”, नगरप्रमुख बजगाईँले भने, “उनकी श्रीमती बिरामी भएर हो, अब बस्छन् ।”

प्रमुख प्रशासकीय अधिकृत बिनाडी यसअघि लम्की–चुहा नगरपालिकामा आएर इन्धन र कार्यालयको खरिदकै बारेमा विवाद भएपछि तत्कालीन नेकपा एमालेले विरोध गरेको थियो । राजनीतिक संयन्त्रले विरोध गरेपछि उनी अन्यत्र सरुवा भएर गएका हुन् । पछिल्लो समय स्थानीय तहमा खर्च हुने इन्धनका बारेमा बढी गुनासो आउन थालेको छ । स्थानीयवासीले इन्धन र स्रोत साधन प्रयोगमा मनपरी हुन थालेको गुनासो गरेका छन् ।
रासस

वि.सं.२०७७ माघ २७ मंगलवार ११:१७ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...