२७ माघ, काठमाडौं । आज मंगलबार सुनको मूल्य १५ सय रुपैँयाले उकालो लागेको छ । सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि आज उकालो लागेको छ ।
सोमबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैँयाले बढेर १३४० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ २७ मंगलवार १२:०९ मा प्रकाशित





























