back
CTIZAN AD

मुलुकको हरेक क्षेत्रको विकासमा देशबाहिर बस्ने नेपालीको भूमिका महत्वपूर्ण-ध्रुबचन्द्र गौतम

वि.सं.२०७७ माघ २७ मंगलवार

774 

shares

वरिष्ठ आख्यानकार डाक्टर ध्रुबचन्द्र गौतमले देश बाहिर बसेका नेपालीहरुले मुलुकको हरेक क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

एनआरएनए भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिको साप्ताहिक अनलाइन कार्यक्रम ’प्रवासी प्रवाह’ को आइतवारको ३५ औं शृंखलाका अतिथि रहेका आख्यान पुरुषको रुपमा सम्मानित साहित्यकार गौतमले देशबाहिर बसेर पनि नेपाली भाषा,साहित्यका लागि नेपालीहरुले योगदान गरिरहेको र त्यस्तो योगदानले देशलाई जोड्ने काम गरेको बताए ।

लेखन र सिर्जना भनेको कुवा खनेर पानी निकाले जस्तै हो जति रसायो उति आनन्द आउँछ भन्दै गौतमले सिर्जनामा सन्तुष्ट भएर बस्न नसकिने समेत विचार व्यक्त गरे ।
’कुनै रचना र सिर्जनामा सन्तुष्ट भएर बस्न कहाँ सकिन्छ र ? त्यही असन्तुष्टीले नै अर्को अझ परिस्कृत सिर्जनाको हुटहुटी लगाउँछ र त निरन्तर लेखनमा लागिन्छ’ गौतमले भने ।
नेपाली उपन्यास र कथा विधामा ६० भन्दा बढी कृति सिर्जना गरिसकेका डाक्टर गौतमले कुराकानीका क्रममा आफुले १० वर्षको बाल्यकालदेखि नै कविता लेखनमार्फत साहित्यमा कलम चलाउन थालेको स्मरण गरे ।’पारिवारिक र वीरगंजको त्यो बेलाको माहौलले नै लेखन र सिर्जनामा मलाई उत्प्रेरित गर्यो’ भन्दै उनले आफ्नो रुचीको क्षेत्रमा निरन्तर लेखिरहन नयाँ पिढींका सर्जकहरुलाई सुझाव दिएका छन् । आफु पछिल्ला केही वर्ष यता कथा लेखनमाभन्दा बढी उपन्यास लेखनमा नै रमाइरहेको भन्दै उनले आफ्नो पछिल्लो प्रकाशित कृति ’चकमन्नमा एकान्त ’ का बारे पनि चर्चा गरेका थिए ।

डाक्टर ध्रुबचन्द्र गौतमले लामो समय अध्यापन पनि गरेका छन् । २०४० सालमा उनको उपन्यास ’अलिखित’ले मदन पुरस्कार प्राप्त गरेको थियो भने अर्को उपन्यास’तथाकथित’ ले २०५९ को साझा पुरस्कार प्राप्त गरेको छ । कैयौं गीत र टेलिफिल्म एवं चलचित्रका कथा समेत लेखेका गौतमको ’कट्टेल सरको चोटपटक’ को कथामा चलचित्र ’बासुदेव’ बन्यो । ’एक शहरमा एक कोठा’ लामो टेलिसिरियल बन्यो ।’
अग्निदत्त अग्निदत्त’ उनको अर्को चर्चित कृति हो ।

आख्यान पुरुष गौतमसंग प्रवासी प्रवाह संचालक समूहको तर्फबाट भगवती बस्नेत,गौतम दाहाल र नीलम कार्की’निहारिका’ ले जिज्ञासा राखेका थिए ।

No description available.

वि.सं.२०७७ माघ २७ मंगलवार १२:१४ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...