back
CTIZAN AD

ओली समूहको युवा संघमा विग्रह, बादल र विष्णु पौडेल पक्षले छुट्टै संगठन बनाउँदै

वि.सं.२०७७ माघ २७ मंगलवार

780 

shares

माघ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघमा विग्रह आएको छ । युवा संघको पुनर्गठनमा ओली निकटका महेश बस्नेत पक्ष हाबीभएसँगै विग्रह आएको हो ।

संघको इन्चार्जसमेत रहेका बस्नेतले आफुँ पक्षधरलाई मात्रै समेट्दै युवा संघको पुनर्गठन गरेसँगै विग्रह आएको हो । बस्नेतको प्रस्तावमा भेलाले बाजुराका बचनबहादुर सिंहलाई अध्यक्षमा चयन गरेको छ ।

यसअघि पार्टी विभाजनपूर्व रामप्रसाद सापकोटा ‘दीपशिखा’ राष्ट्रिय युवा संघको अध्यक्षको जिम्मेवारीमा थिए । उनी प्रचण्ड–नेपाल समूह तर्फ लागेसँगै ओली पक्षले युवा संघलाई पुनर्गठन गरेको हो ।

तर, रमेश पौडेललाई स्थान दिइएन

ओली पक्षले राष्ट्रिय युवा संघलाई पुनर्गठन गर्दै गर्दा यसअघि उपाध्यक्ष रहेका रमेश पौडेललाई भने बिदाई गरेको छ । अध्यक्षका स्वभाविक दाबेदार उनलाई युवा संघबाटै बिदाई गर्दै नयाँ समूहलाई प्रवेश गराइएको छ ।

नयाँ अध्यक्षमा चयन भएका ३९ वर्षीया बचनबहादुर सिंहको पनि कार्यकाल मात्रै ४ महिनाको हुनेछ । तर, उनी विदाई भएसँगै भने युवा संघको नेतृत्वमा सहअध्यक्षको जिम्मेवारी पाएका किरण पौडेल स्वतः अध्यक्ष हुनेछन् ।

साथै युवा संघको पदाधिकारी चयनमा पनि साबिक युवा संघका नेताहरु बाहिर परेका छन् । नेता महेश बस्नेतले आफुँ निकटलाई मात्रै समेट्दै केन्द्रीय पदाधिकारी चयन गरेको बताइएको छ ।

बादल र महासचिव पौडेल पक्षले अर्के संगठन निर्माण गर्ने

युवा संघको पुनर्गठनमा महेश बस्नेत पक्षधरमात्रै हाबी भएपछि गृहमन्त्री रामबहादुर थापा बादल र पार्टी महासचिवसमेत रहेका विष्णु पौडेल पक्षधरका युवाले बहिस्कार गरेका छन् । जनाइएअनुसार भेलालाई बादल र पौडेल पक्षका ८० केन्द्रीय सदस्यले बहिस्कार गरेका छन् ।

महेश बस्नेत पक्षले बहिस्कारको बीच संगठनको पुनर्गठन गरेको थियो । जनाइएअनुसार पुनर्गठनप्रति असहमत बादल तथा पौडेल पक्षका युवाहरुले छुट्टै संगठन निर्माण गर्ने तयारीसमेत गरेको बुझिएको छ ।

यसअघि ओली निकटको पत्रकार संगठनको भेलामा पनि पूर्वमाओवादी पक्षधरहरु बहिस्कारमा परेका थिए ।

वि.सं.२०७७ माघ २७ मंगलवार १५:२३ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...