back
CTIZAN AD

इरानमा पनि सुरु भयो कोरोनाविरुद्धको खोप

वि.सं.२०७७ माघ २७ मंगलवार

747 

shares

तेहरान । कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ ।

महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ । पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो ।

“हामीले पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्यो, यो देशव्यापी अभियान हो, सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाउने छौँ भने त्यसपछि प्राथमिकता क्रमका आधारमा सबैलाई लगाउने छौँ,” राष्ट्रपति हसन रौहानीले भने ।

कोरोनाभाइरसविरुद्ध रुसमा विकास गरिएको स्पुट्नीक भी नामक खोप इरानमा लगाउन थालिएको हो । खोप गत बिहीबार इरान ल्याइएको थियो ।

“रुसबाट २० लाख स्पुट्नीक खोप इरान ल्याइएको छ,” इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जहानपौरले भने ।

मुस्लिम गणतन्त्रात्मक मुलुक इरानका स्वास्थ्य मन्त्री सइद नमाकीले देशभरी १४ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिए ।

उनका अनुसार इरानमा अहिलेसम्म कोरोनाका कारण ५८ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
रासस

वि.सं.२०७७ माघ २७ मंगलवार १६:४७ मा प्रकाशित

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...