२८ माघ, काठमाडौं ।सानिमा बैंकले मंललबारबाट काठमाडौंको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै) मा, बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा गरेका छन ।
समुद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरेका थिए । सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टरर ९० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
वि.सं.२०७७ माघ २८ बुधवार ११:२९ मा प्रकाशित






























