back
CTIZAN AD

पिसाब फेर्न निस्कँदा १४ वर्षीय बालिका बलात्कृत

वि.सं.२०७७ माघ २९ बिहीवार

792 

shares

२९ माघ, मोरङ । पिसाब फेर्न निस्कँदा १४ वर्षीय एक बालिका बलात्कृत भएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

समाचारमा उल्लेख भए अनुसार मोरङ जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका हुन् ।

किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले नियन्त्रणमा लिई भेडियारी नजिक मकैबारीमा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित किशोरीका अनुसार ‘उनीहरूले मुख थुनेर मकैबारीमा पुर्‍याए र मार्ने धम्की दिँदै जबर्जस्ती गरे ।’

ती युवाले बलात्कारपछि किशोरीलाई मोटरसाइकलमै राखेर घरभन्दा केही पर ल्याएर छाडिदिएका थिए । स्थानीय वीरेन्द्र राजवंशीले दुवै युवा दिउँसैदेखि टोलमा घुमिरहेको र राति सडकमा मोटरसाइकल रोकेर गफ गरिरहेको देखेको बताए । उनले किशोरीलाई मोटरसाइकलमा लगेको थाहा पाएपछि टोलभरिका मानिस मिलेर खोज्न थाले पनि फेला पार्न नसकेको बताए । ‘दुई घण्टापछि उनी रुँदै आएपछि हामीले प्रहरीलाई खबर गर्‍यौं,’ राजवंशीले भने । प्रहरीले खोज्दै जाँदा ती युवाले प्रयोग गरेको को २२ प १८१६ नम्बरको मोटरसाइकल स्थानीय उदितचन्द यादवको घर आँगनबाट फेला परेको थियो ।

‘गाउँलेबाट खबर पाए लगत्तै तत्काल प्रहरी टोलि खटाइएको इलाका प्रहरी रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । खटिएको प्रहरी टोलीले मोटरसाइकल बरामद गरेको छ भने किटानी जाहेरी भएका व्यक्तिहरुको खोजी भैरहेको पनि थापाले बताए ।

सांकेतिक तस्विर

वि.सं.२०७७ माघ २९ बिहीवार ०८:१२ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...