केहि साता अघि गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै सेतो सारी लगाएर चुनावमा आउन भनेकी थिइन् । उनले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् ।
सम्बन्धित समाचार
रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास
सोही विषयलाई लिएर ओली पक्षीय महिला संगठनले उनलाई पक्राउ गर्न माग गरेको थियो । जससँगै प्रहरीले उनीमाथि उच्च निगरानी बढाएको थियो ।
प्रहरी स्रोतले जनाएअनुसार सम्भवतः उनलाई आज पक्राउ गरिनेछ ।































