back
CTIZAN AD

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास

वि.सं.२०७७ माघ २९ बिहीवार

711 

shares

माघ २९, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवासमा पुगेका छन् ।

यसअघी महानगरीय अपराध महाशाखाले शोधपुछका लागि बोलाउँदा झाँक्रीले जान अस्वीकार गरेकी थिइन् । उनले अस्वीकार गरेसँगै शंखमुलस्थित उनको निवासमा सादा पोशाकका प्रहरी पुगेका हुन् ।

झाँक्रीले बताएअनुसार उनलाई बिहान महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले फोन गरेर छलफलका लागि महाशाखामा बोलाएका थिए ।

अहिले उनको निवास बाहिर प्रहरी आएसँगै उनको पक्षमा प्रदर्शन सुरु भएको छ । प्रचण्ड–नेपाल पक्षीय नेकपाका कार्यकर्ता उनको पक्षमा प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिबारे झाँक्रीको विवादित अभिव्यक्ति : प्रहरीले बोलायो सोधपुछलाई

केहि साता अघि गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै सेतो सारी लगाएर चुनावमा आउन भनेकी थिइन् । उनले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् ।

सोही विषयलाई लिएर ओली पक्षीय महिला संगठनले उनलाई पक्राउ गर्न माग गरेको थियो । जससँगै प्रहरीले उनीमाथि उच्च निगरानी बढाएको थियो ।

प्रहरी स्रोतले जनाएअनुसार सम्भवतः उनलाई आज पक्राउ गरिनेछ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १२:०७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...