back
CTIZAN AD

राष्ट्रपतिबारे झाँक्रीको विवादित अभिव्यक्ति : प्रहरीले बोलायो सोधपुछलाई

वि.सं.२०७७ माघ २९ बिहीवार

759 

shares

माघ २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे विवादित अभिव्यक्ति दिएर चर्चामा आएकी नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

महानगरीय अपराध महाशाखाले उनलाई बिहिबार बिहान सोधपुछको लागि बोलाएको हो । तर, उनले भने जान अस्वीकार गरेकी छिन् ।

केहि साता अघि गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै सेतो सारी लगाएर चुनावमा आउन भनेकी थिइन् । उनले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् ।

सम्बन्धित समाचार

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चर्को दबाब, काठमाडौं आएसँगै पक्राउ गर्ने तयारी

उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु९ निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

झाँक्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ओली पक्षीय महिला संघले पक्राउ गरि कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको थियो । झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्रहत्या गरेको उनीहरुको भनाई छ ।

जससँगै प्रहरीले उनीमाथि उच्च निगरानी बढाएको थियो । बुधबार प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनमा पनि उनी मुखमा कालो टेप लगाएर प्रस्तुत भएकी थिइन् । उनले राष्ट्रपतिलाई प्रधानमन्त्रीको सहयोगी भएको टिप्पणी गरेकी थिइन् ।

वि.सं.२०७७ माघ २९ बिहीवार ११:२५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...