२९ माघ, काठमाडौं । आज बिहिबार सुनको मूल्य ४०० सय रुपैँयाले ओरालो लागेको छ । बुधबार ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि आज ओरालो लागेको छ ।
बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैँयाले घटेर १३१५ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ २९ बिहीवार ११:२५ मा प्रकाशित






























