back
CTIZAN AD

राज्यविरुद्वकाे कसुर गरेकाे अभियाेगमा नेतृ रामकुमारी झाँक्री पक्राउ

वि.सं.२०७७ माघ २९ बिहीवार

738 

shares

माघ २९, काठमाडौं । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।

झाँक्रीलाई महानगरीय अपराध महाशाखाले राज्यविरुद्वको कसूरअन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी थमाएको छ ।

पक्राउ पुर्जी पाएसँगै झाँक्रीले गिरफ्तारी दिन तयार भएकी छिन् । यसअघि उनले सादा पोशाकमा आएका प्रहरीलाई पक्राउ दिन अस्वीकार गरेकी थिइन् । उनले पक्राउ पुर्जी नपाएसम्म गिरफ्तारी नदिने अडान लिँदै आएकी थिइन् ।

No photo description available.

सम्बन्धित समाचार

राज्यविरुद्वको कसुर गरेको भन्दै झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पुर्जी

केहि साता अघि गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै सेतो सारी लगाएर चुनावमा आउन भनेकी थिइन् । उनले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् ।

सोही विषयलाई लिएर ओली पक्षीय महिला संगठनले उनलाई पक्राउ गर्न माग गरेको थियो । जससँगै प्रहरीले उनीमाथि उच्च निगरानी बढाएको थियो ।

वि.सं.२०७७ माघ २९ बिहीवार १३:३० मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...