२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाक्री पक्राउ परेपछि त्यसको विरोधमा सबैतिर आलोचना गरिएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता गगन थापाले पनि झ्याल खानाको संख्या थप्न भन्दै सत्यको पक्षमा बोल्ने मुख बन्द नहुने बताएका छन् ।
झाक्रि पक्राउ परे लगत्तै उनले सामाजिक संजालमा ट्विट गर्दै भनेका छन्– कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन ।’
कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!
सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।— Gagan Thapa (@thapagk) February 11, 2021
राज्यविरुद्वकाे कसुर गरेकाे अभियाेगमा नेतृ रामकुमारी झाँक्री पक्राउ
वि.सं.२०७७ माघ २९ बिहीवार १३:३९ मा प्रकाशित






























