back
CTIZAN AD

रामकुमारी झाँक्रीको पक्राउप्रति चौतर्फी विरोध, कसले के भने ?

वि.सं.२०७७ माघ २९ बिहीवार

774 

shares

माघ २९, काठमाडौं । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिका आधारमा नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउ गरिएपछि चौतर्फी विरोध सुरु भएको छ । उनको पक्राउप्रति प्रचण्ड–नेपाल समूहसहित अन्य पार्टी तथा संघ संगठनले पनि विरोध जनाएका छन् ।

लोकतान्त्रिक आन्दोलनबाट उदाएकी झाँक्रीको पक्राउप्रति लोकतान्त्रिक आन्दोलनमा सहभागी नेताहरुले निकै कडा प्रतिक्रिया दिईरहेका छन् ।

झाँक्रीको पक्राउप्रति विरोध जनाउँदै पूर्वप्रधानमन्त्री एवं समाजवादी जनता पार्टीका नेता बाबुराम भट्टराईले ‘सरकारको काल आएकै हो ?’ भनि आक्रोश पोखेका छन् । उनले भनेका छन्, ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ, नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ, संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

झाँक्रीको पक्राउप्रति भट्टराईले जस्तै आक्रोश कांग्रेस नेता गगन थापाले पनि पोखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी उहिलेका ‘महाराजा’जस्तै भनि टिप्पणी गरेका छन् ।

उनले विरोध गर्नेलाई जेलमा थुन्दैमा मुख बन्द नहुने पनि बताएका छन् । ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति, सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन’, थापाले भनेका छन् ।

प्रचण्ड–नेपाल पक्षीय नेकपाका युवा नेता विष्णु रिजालले झाँक्रीको पक्राउ तानाशाही र निरंकुशताको पराकाष्टा भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, जुन मुद्दा लगाए पनि मञ्जुर छ, रामकुमारी झॉक्री प्रकरणबाट थप प्रस्ट भएको छ, विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन्, आलोचना गर्नेमाथि मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्टा हो ।’

साझा पार्टीका नेता रविन्द्र मिश्रले पनि झाँक्रीको पक्राउप्रति आपत्ति जनाएका छन् । उनले झाँक्रीलाई होइन् प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘झाँक्रीलाई विना शर्त रिहा गर ! जब नेतृत्व गर्नेहरूले राजनीतिको स्तरलाई रसातलमा पुर्याउँछन्,न तिनको शब्दमा शिष्टता हुन्छ,न कर्ममा कानून हुन्छ।यो राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ,प्रवृत्ति बदलिँदैन । झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन् । उनलाई कानून लाग्छ कि लाग्दैन ?’

कसले के भने ?

ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ!नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने?यो सरकारको काल आएकै हो? – बाबुराम भट्टराइ  – पूर्वप्रधानमन्त्री एवं जसपा नेता

सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नाे अधिनायकवादी चरित्र उदाङ्गाे पारेकाे छ । संविधानले व्यवस्था गरेकाे नागरिककाे अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेकाे छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकाे घटनाकाे म घाेर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् ! – रामचन्द्र पाैडेल, कांग्रेस वरिष्ठ नेता

झाँक्रीलाई विना शर्त रिहा गर! जब नेतृत्व गर्नेहरूले राजनीतिको स्तरलाई रसातलमा पुर्याउँछन्,न तिनको शब्दमा शिष्टता हुन्छ,न कर्ममा कानून हुन्छ।यो राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ,प्रवृत्ति बदलिँदैन।झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन्।उनलाई कानून लाग्छ कि लाग्दैन? – रविन्द्र मिश्र, अध्यक्ष, विवेकशील साझा पार्टी

कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!  सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन। – गगन थापा – पूर्वमन्त्री एवं कांग्रेस नेता

रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए । राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ । – याेगेश भट्टराइ, पूर्वमन्त्री तथा नेकपा नेता (प्रचण्ड-नेपाल समूह)

जुन मुद्दा लगाए पनि मञ्जुर छ: रामकुमारी झॉक्री प्रकरणबाट थप प्रस्ट भएको छ- विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन् । आलोचना गर्नेमाथि मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्टा हो ।– विष्णु रिजाल – नेकपा नेता (प्रचण्ड-नेपाल समूह)

वि.सं.२०७७ माघ २९ बिहीवार १७:३६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...