back
CTIZAN AD

सुरक्षाकर्मीको रासनभत्ता ३३ प्रतिशत बढाउन सिफारिस

वि.सं.२०७७ माघ ३० शुक्रवार

783 

shares

३० माघ, काठमाडौँ । सुरक्षाकर्मीको रासनभत्ता ३३ प्रतिशत बढाउन सिफारिस भएको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको रासनभत्ता पुनरावलोकन समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस गरेको छ । समितिले पछिल्लो पाँच वर्षमा ३३ प्रतिशत महँगी बढेको राष्ट्र बैंकको तथ्यांक भएकाले कम्तीमा सोअनुसार रासनभत्ता बढाउन सिफारिस गरेको हो ।

रासनभत्ता पुनरावलोकन समितिले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई यससम्बन्धी प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझेपछि गृहमन्त्री थापाले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता तत्काल बढाईने बताएका छन् । गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसअनुसार तत्काल रासनभत्ता वृद्धिका लागि प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

आर्थिक वृद्धि र समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य शर्त रहेको र शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने उनको भनाइ थियो ।

मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्त मात्रामा रासनभत्ता वृद्धि गर्न सिफारिस गरिएको सहसचिव गौतमले बताए । पाँच वर्षअघिको महँगीअनुरूपको दररेटअनुसार रासनभत्ता दिँदा त्यसले प्रहरीलाई समस्या भएको गुनासो सम्बोधन गर्न गृहले सहसचिव गौतम नेतृत्वको कार्यदल गठन गरेको थियो ।

२०७३ देखि प्रहरीको रासनभत्ता वृद्धि हुन सकेको छैन । गृहले अर्थ मन्त्रालयको सहमति लिएर यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

रासनभत्ता वृद्धि गर्न पटक–पटक पहल हुँदै आए पनि अर्थ मन्त्रालयले अस्वीकार गर्दै आएको छ । गृहमन्त्री थापाले यसपटक भने रासनभत्ता वृद्धि प्रक्रिया छिट्टै अघि बढ्ने बताएका छन् । गृहले अर्थ मन्त्रालयको सहमति लिएर यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार ०८:४१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...