back
CTIZAN AD

पशुपतिमा सुनको जलहरी राख्ने हठ कायमै रहे अनशन बस्ने सांसद वैद्यको चेतावनी

वि.सं.२०७७ माघ ३० शुक्रवार

711 

shares

३० माघ, काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिमा सुनको जलहरी राख्ने हठ कायमै राखे आफू अनशन बस्ने चेतावनी दिएका छन् ।

नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको समेत बताएका छन् ।

“ऐन उल्लङ्घन गरी सुनको जलहरी राखेमा रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ, प्राचीन स्मारक संरक्षण्ण ऐन, २०१३ को दफा १२ को खण्ड (ग) मा यस्तो व्यवस्था गरिएको छ”, पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्षसमेत रहनुभएका प्रदेशसभा सदस्य वैद्यले भने ।

यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएको बताए ।

सम्पदा संरक्षण अभियन्ता कानून व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिकरूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताए । सुनको जलहरी राख्ने काम नरोके आफू रिट निवेदन लिएर सर्वोच्च अदालत जाने उनको भनाई थियो ।

पशुपतिका पालोवाला भण्डारी केदारमान भण्डारीले गुह्येश्वरीको गर्भगृहमा राखिएको सुन दश÷दश वर्षमा खिइएर जाने गरेकाले पशुपतिनाथमा समेत त्यस्तै हुनसक्ने भएकाले भण्डारीले जिम्मा लिन नसक्ने बताए । पशुपतिको प्राङ्गण विस्तार गर्ने नाममा समेत सम्पदालाई नाश गर्ने काम भइरहेको भन्दै पशुपतिलाई विभिन्न भक्तजनले चढाएका गरगहनालगायत सुन, चाँदी र तामाका चीजबिजसमेत मर्मत नभई थन्किएकाले सम्पदा संरक्षणका लागि उपयुक्त कदम चाल्ने पनि उनले बताए ।

अर्का पालोवाला भण्डारी ओम भण्डारीले भने हराउँदा, नासिँदा वा मासिँदा, खिइँदा भण्डारीले जिम्मा लिनु नपर्ने हो भने १०४ भण्डारीमध्ये धेरैले सहमति जनाउने बताए । पशुपति मूल मन्दिरभित्र सुनको घण्टा, सुनको नागलगायत सामग्री बनिसकेकाले सुनको जलहरीलाई पनि कसैले रोक्न नसक्ने उनको तर्क थियो ।

कोषले मूल मन्दिरभित्र सुनको जलहरी राख्न लागेको हो । यसका लागि सरकारले रु ३० करोड दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । करिब रु एक अर्ब सुनको जलहरी बनाउन लाग्ने कोषले जनाएको छ । अरु रकम कोषले व्यवस्थापन गर्ने जनाइएको छ ।

पशुपतिको छाना र बसाहामा पनि सुनको लेपन गरिने जनाइएको छ । छाना र बसाहामा यसअघि पनि सुनको लेपन लगाइएको थियो । कोषले पहिले लगाएको सुनको लेपन उड्न थालेकाले फेरि लगाउन लागिएको बताए पनि स्थानीयवासीले भने नउडेको बताएका छन् ।

वि.सं.२०७७ माघ ३० शुक्रवार ०९:२८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...