back
CTIZAN AD

वृहत् नागरिक आन्दोलनले आज सिंहदरबार महिला मार्च गर्दै

वि.सं.२०७७ माघ ३० शुक्रवार

729 

shares

३० माघ, काठमाडौं । वृहत् नागरिक आन्दोलनले आज  ‘सिंहदरबार महिला मार्च’ गर्ने भएको छ ।
दिउँसो २ बजे  बसन्तपुर-न्यूरोड-रत्नपार्क-भद्रकाली-सिंहदरबार मूलगेटसम्म गरिने सिंहदरबार महिला मार्चमा सहभागी हुन् अपिल गरिएको छ ।

नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता साह, प्रकृति भट्टराई बस्नेत र रिता परियाले मार्चपासमा सहभागी हुन अपिल गरेका हुन् ।

‘समाजमा दोस्रो दर्जा तोक्यौ, संविधानमा न्यासंगत हुन दिएनौं, राज्य फेरिएको दावी गर्यौ हाम्रो नियति फेर्न दिएनौं । ए पृतसत्ताका रक्षकहरु हो नयाँ खोलमा पूराना नंग्रा कतिन्जेल लुकाउँछौं ?’ मार्चपासमा सहभागी हुन भन्दै गरिएको अपिलमा भनिएको छ, ‘सडकबाट चुनौति दिन्छौं– एकपछि अर्को बलात्कारलाई मूकदर्शक भइ हेर्नु, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौ अपराधिको पहरेदार गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन । यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं ?’

मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्म यो सिलसिला अब सधैका लागि बन्द गरिनुपर्ने र पुरुष प्रधान र कानुन र सत्ताको आडमा कुनै अपराधि र बलात्कारीले उन्मुक्ति पाउनु नहुने पनि उक्त संयुक्त अपिलमा भनिएको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार ०९:४४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...