३० माघ, काठमाडौं । जिल्लामा स्थानीयतह संचालनमा आएको तीनबर्षको अबधिमा १ हजार ९३ घरधुरीमा बिद्युत बिस्तार भएको छ ।
राष्ट्रिय बिद्युतको प्रसारणलाई नपुगेको मुगुको दुर्गम बस्तीका स्थानीयतहले बैकल्पीक उर्जा प्रर्बद्धन केन्द्र र अन्य निकाय सित समन्वय सहकार्य गरि दुर्गम गाउँमा बिद्युत बिस्तार गर्न सफल भएका हुन् ।
‘एक खोला एक बिद्युत्’ भन्ने नारा स्थानीयले दातृ निकायसँग साझेदारी गरि अध्यारो बस्तीलाई उज्यालो बनाउने काममा बिशेष प्राथमिकता दिएका छन । सोरु गाउँपालिका–८ रुम र तारापानी गाउँका २ सय ५० घरधुरीमा बिद्युत पुगेको छ बैकल्पीक उर्जा प्रर्बद्धन केन्द्र र सोरु गाउँपालिकाको आर्थिक सहयोगमा रुमखोला लधुजलबिद्युत आयोजनाबाट ३६ किलोवाटको बिद्युत उत्पादन भएपछि २ सय ५० परिवारले बत्ती पाल्न पाएका छन् ।
उक्त बिद्युत निर्माणको लागि सोरु गाउँपालिका बाट १० लाख र बैकल्पीक उर्जाबाट १ करोड २० लाख बजेट खर्च भएको बिद्युत निर्माण समितिका सचिव जयबहादुर शाहीले बताए ।
एकबर्ष भित्र रुमखोला लधुजलबिद्युत निर्माण कार्य पूरा भई सर्बसाधारणका घरमा बिद्युतको पहुँच पुगेको उनको भनाई छ । रुम खोला लधुजलबिद्युत आयोजनालाई थप ४८ किलोवाट बिस्तार गरि कालै गाउँका ३ सय घरधुरीलाई बिद्युत बिस्तार गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।
उक्त गाउँपालिकाको–५ नेरखोला जलबिद्युत आयोजना मार्फत नेर र ताँजा गाउँका करिव २ सय घरधुरीमा बिद्युतको पहुँच पुगेको छ । बत्ती बाल्न पाएपछि स्थानीय खुशी भएका छन् ।
सिमित नेर र ताँजा गाउँ मात्र नभएर छिमेकी जिल्ला हुम्ला जैरका ५ सय २० घरधुरी पनि बिद्युत झिलिमिलि देखिन गरेको छ । नेरखोला बाट उत्पादन भएको बिद्युत छिमेकी जिल्ला हुम्ला जैर गाउँमा पनि पु¥याइएको छ ।
दियालो मुक्ती पाएको उनको भनाई छ । नेर खोला बिद्युत निर्माणको लागि बैकल्पीक उर्जा गाउँपालिकाका प्रदेश सरकार हुम्ला सर्केगार्ड गाउँपालिका बाट करिव ३ करोड ४० लाख खर्च भएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका–९बिकट चिमाथ गाउँका ८३ घरधुरीमा बत्ती पुगेको छ बिद्युतको पहुँच भन्दा बाहिर रहेका चिमाथ गाउँका स्थानीय पहिलो पटक बत्ती देख्न पाउदा हर्षित बनेका छन् ।
घाँस ओढार लधुजलबिद्युत आयोजनाबाट करिव १७ किलोवाटको बिद्युत उत्पादन भएपछि चिमाथ गाउँका ८३ घरधुरी झिलिमिलि भएको उपभोक्ता समितिका अध्यक्ष बीरसिह बुढाले बताए ।
उक्त लधुजलबिद्युत निर्माणको लागि बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको ८१ लख ९१ हजार, मुगुम कार्मारोङ गाउँपालिकाको १४ लाख वडा कार्यालय बाट १० लाख र स्थानीय जनश्रमदान २५ लाख ८४ हजार गरि कुल १ करोड ३१ लख ७५ हजार बजेट खर्च भएको उपभोक्ता समितिको भनाई छ ।
बिस २०७५ साल चैतमा शिलान्यास भएको सोही लजबिद्युत आयोजना करिव २ बर्ष भित्र निर्माण कार्य सम्पन्न भई चिमाथ गाउँका स्थानीयले बत्ती बाल्न पाएका छन् ।
एक खोला एक बिद्युतको लक्ष्यका साथ अबको ५ बर्ष भित्र वडान १ देखि ९ सम्मका १८ वटै वस्तीमा बत्तीको पहुँच पु¥याउने लक्ष्य रहेको मुगुम कार्मरोङ गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए ।
। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश नेपालको ७ करोड र स्थानीयको जनश्रमदान १८ लाखमा कार्मारोङ गाउँपालिकाको रिउसखोला बाट १ सय किलोवाटको बिद्युत उत्पादन भएपछि २ सय ४० घरधुरी उज्यालिएका छन स्थानीयतह संचालनमा आएदेखि मुगुम कार्मारोङ गाउँपालिकामा २ वटा र सोरु गाउँपालिकामा २ वटा जलबिद्युत आयोजना सम्पन्न भएको छन् ।
वि.सं.२०७७ माघ ३० शुक्रवार ०९:५३ मा प्रकाशित




























