back
CTIZAN AD

काठमाडौं यी ठाउँमा शनिबार र आइतबार विद्युत आपूर्ति बन्द हुने

वि.सं.२०७७ माघ ३० शुक्रवार

678 

shares

माघ ३०, काठमाडौं । काठमाडौंका उपत्यकाका विभिन्न ठाउँमा शनिबार र आइतबार विद्युत आपुर्ती बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै उपत्यकाका केहि ठाउँमा आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार काठमाडौंको कोटेश्वर, शाँखु, कपन र गोठाटारका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत आपूर्ती बन्द हुनेछ । प्राधिकरणले सडक मर्मत र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

कुन ठाउँमा कहिले विद्युत नहुने ?

प्राधिकरणका अनुसार शाँखु फिडर अन्तर्गत गोकर्णेश्वर चौतारा, नाम्गेल, बीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटोसम्म, काठमाडौँ उपत्यका खानेपानी प्रशोधन केन्द्र र आसपासका सडकमा बत्ती जानेछ । यस क्षेत्रमा बिहान ११ बजेदेखि साढे २ बजेसम्म बत्ती जानेछ ।

यस्तै गोठाटार फिडर अन्तर्गत पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लालिङ र आसपासका क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ । यस क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म बत्ती हुने छैन् । यस्तै कोटेश्वर फिडर अन्तर्गत कोटेश्वर र नरेफाँट क्षेत्रमा शनिबार दिउँसो साढे १ देखि साढे २ बजेसम्म बत्ती जानेछ ।

कपन फिडर अन्तर्गत निलोपुल र बुढानिलकण्ठ लगायतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि साढे ३ बजेसम्म बत्ती जानेछ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १४:५३ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...