माघ ३०, काठमाडौं । विघटित प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतक एवं नेकपाका नेता देव गुरुङले संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । शुक्रबार रिपोर्टस क्लब लुम्बिनी प्रदेशद्धारा आयोजित साक्षात्कार कार्यक्रममा उनले न्यायालयको प्रक्रिया र राजनीतिक दलको सहमतीबाट सक्रिय बनाउन सकिने बताए ।
२०६३ मा संसद पुनस्र्थापना भएको घटनालाई स्मरण गर्दै उनले सहमतीमा संसदलाई सक्रिय बनाउन सकिने बताए । संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको भन्दै सहमतीमा संसदलाई सक्रिय बनाउनुपर्ने गुरुङको भनाई छ ।
गुरुङले संसद विघटनको कदम नसच्याए देशमा विद्रोह हुनसक्ने सम्भावना रहेको पनि बताएका छन् । उनका अनुसार सरकारको कमदलाई नसच्याए विदेशी शक्तिकेन्द्रहरुले देशभित्र खेल खेल्न सक्छन् ।
एक अर्को प्रसङ्गमा बोल्दै गुरुङले रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाएको बताए । उनले लोकतन्त्रवादी नागरिकलाई तर्साउन सरकारले झाँक्रीलाई पक्राउ गरेको बताए ।
वि.सं.२०७७ माघ ३० शुक्रवार १७:२६ मा प्रकाशित






























