१ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको शुक्रबार सम्पन्न भेलाले केदार गौतमको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको छ ।
भेलाले उपाध्यक्षमा छवि सुवेदी, सचिवमा विष्णु खनाल, सहसचिवमा मात्रिका घिमिरे र कोषाध्यक्षमा गंगा तुम्बाहाङ्फेलाई चयन गरेको छ । भेलाले आगामी फागुन ८ गते विराटनगरमा हुने नेकपाको बृहत् जनसभामा सहभागिता जनाउने निर्णय गरेको छ ।
भेलामा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं. १ सम्पर्क मञ्चका अध्यक्ष इन्द्र भण्डारीले सरकार र पार्टीलाई गतिशील हुनबाट रोक्न खोज्नेहरूले पार्टी विभाजन गर्न खोजेको आरोप लगाए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं साँस्कृतिक संस्थानका अध्यक्ष प्रेम अधिकारी, मञ्चका पूर्व अध्यक्षहरू राजेशकुमार लिम्बू, वीरबहादुर थापालगायतले शुभकामना दिएका थिए ।
वि.सं.२०७७ फागुन १ शनिवार ०९:२५ मा प्रकाशित






























