स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली खेमा निकट भातृ संगठन अनेरास्ववियुको संयोजकमा रामप्रसाद सापकोटा चयन भएका छ्न । आज शनिवार २६ औं जनयुद्ध दिवशको अवसरमा भएको भेलाले सापकोटालाई संयोजकमा चयन गरेको हो ।
भेलामा अनेरास्ववियुका संयोजक ऎन महर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे ‘पारस’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा आंधिखोला गाउंपालिकाका अध्यक्ष सुधिर पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
अनेरास्ववियु स्याङ्जाको जिल्ला भेलाले रामप्रसाद सापकोटाको संयोजकत्वमा ९१ सदस्यीय सम्मेलन आयोजक कमिटीको निर्माण गरेको छ ।
वि.सं.२०७७ फागुन १ शनिवार १६:४३ मा प्रकाशित































