back
CTIZAN AD

दोहोरीको साथमा भ्यालेन्टाइन डे को मज्जा लिन जाउँ है ठमेल पार्क

वि.सं.२०७७ फागुन २ आइतवार

807 

shares

२ फागुन, काठमाडौँ । ठमेलमा रहेको होटल ठमेल पार्कले भ्यालेन्टाइन डे को अवसरमा स्टार नाइट इभेन्ट्सको आयोजना गरेको छ ।

होटलले भ्यालेन्टाइन्स् स्पेशल कार्यक्रमको आयोजना गरेको छ । प्रतिव्यक्ति रु. १५ सय तिरेपछि दोहोरीका साथमा रमाउँदै स्न्याक्स्, खानाका साथै बियरको व्यवस्था गरिएको जनाइएको छ । वियर नखानेका लागि जुसको व्यवस्था गरिएको छ । २० जना भन्दा बढी समूहमा आए प्रतिव्यक्ति रु. १३ सयमै सहभागि हुन सकिने बताइएको छ ।

लोक गायक नारायण न्यौपाने र रुपा थापा मगर, आधुनिक/हिन्दी गीत तथा पप गायक विन्दु राई र अनुप राणाले कार्यक्रमलाई रोमाञ्चक बनाउने छन् ।

साँझ ६ बजे देखि ९.३० बजेसम्म दोहोरी साँझ चल्ने छ । साँझ घर फर्कन नसक्नेका लागि होटलले अन्य दिन ३५ सय पर्ने कोठा आज रु. १ हजारमै उपलब्ध गराउने समेत होटलले जानकारी दिएको छ । भ्यालेन्टाइन्स् स्पेशल कार्यक्रम सहभागी हुन चाहनेले ९८४१८१२०४९ मा सम्पर्क गरी अग्रिम टिकट बुकिङ गर्न सकिन्छ ।

वि.सं.२०७७ फागुन २ आइतवार ०८:४९ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...