२ फागुन, काठमाडौं । आज आइतबार सुनको मूल्य १०० रुपैँयाले ओरालो लागेको छ । शुक्रबार ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँमा कायम भएको छ । यस्तै चाँदीको मूल्य भने आज उकालो लागेको छ ।
शुक्रबार १३२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १५ रुपैँयाले बढेर १३३५ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन २ आइतवार ११:५७ मा प्रकाशित






























