२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक प्रणाली अनुरुप स्नातकतह द्धितीय वर्षको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।
उक्त सूचना अनुसार स्नातकतह द्धितीय वर्षको परीक्षा परीक्षा आवेदन फारम अनलाइनबाट भराई एकल वा दोब्बर दस्तुर वापतको रकम बैक दाखिला गरेको भौचरसहित फागुन ६ गतेभित्र सम्बन्धीत परीषा नियन्त्रण कार्यालयमा बुझाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७७ फागुन २ आइतवार १२:३१ मा प्रकाशित






























