फागुन २, काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्वको प्रमाण बुझ्न आदेश गरेको छ । आइतबार न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले नेपाल र भट्टराईविरुद्वको प्रमाण बुझ्न आदेश दिएको हो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईले नीतिगत निर्णय गरेको भन्दै मुद्दा नचालने निर्णय गरेको थियो । अख्तियारले छुट दिएका नेपाल र भट्टराईमाथि मुद्दा चलाउने आदेश दिन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि आज सर्वोच्चले आदेश गरेको हो ।
यो आदेशसँगै अब अख्तियारले दुवैविरुद्वको फाइल पठाउनुपर्नेछ । जग्गा प्रकरणबारेको मुल मुद्दा भने अहिले विशेष अदालतमा विचाराधीन छ ।
नेपाल २०६६ मा प्रधानमन्त्री थिए भने भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । दुवैले आ–आफ्नो कार्यकालमा बालुवाटारको जग्गाबारे केहि नीतिगत निर्णय गरेका थिए ।
तर, अख्तियारले केहिलाई छाडेर ३ मन्त्रीसहित १७५ जनाविरुद्व मुद्दा दायर गरेको थियो ।
वि.सं.२०७७ फागुन २ आइतवार १५:५० मा प्रकाशित






























