back
CTIZAN AD

 दशौँ गोतामे पत्रकारिता पुरस्कार  थापालाई

वि.सं.२०७७ फागुन २ आइतवार

651 

shares

२ फागुन, पर्सा । दशौँ गोतामे पत्रकारिता पुरस्कारबाट कञ्चनपुरका अग्रज पत्रकार चित्राङ्ग थापालाई सम्मान गरिएको छ । स्व गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगन्जमा एक कार्यक्रमको अयोजना गरी पत्रकार थापालाई सम्मान गरेको हो ।

विगत तीन दशक भन्दा बढी समयदेखि सुदूरपश्चिममा रही सामुदायिक पत्रकारिताका माध्यमले राष्ट्रिय रुपमै ख्याती कमाएका पत्रकार थापालाई एक तोला सुनको पदक र प्रमाणपत्रसहित वरिष्ठ समाज सेवी मुर्लीधर रुङ्गटाले सम्मानित गरे । सम्मानित पत्रकार थापालाई पुरुस्कार वितरण गर्दै वरिष्ठ समाजसेवी रुङ्गटाले जनमुखी, विश्वश्नीय र निष्ठापूर्वक समाजको हितमा पत्रकारिता गर्ने थापालाई सम्मानित गरी आफु स्वयम् सम्मानित भएको धारणा व्यक्त गरे ।

उनले जनमुखी पत्रकारिताले राष्ट्र र समाज दुवैलाई फाइदा पु¥याउने भएकाले त्यस बाटोमा सबै पत्रकार हिँड्न आवश्यक रहेको विचार व्यक्त गरे । प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहलाई उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, नेपाली काँग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदी, निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वरिष्ठ पत्रकार चन्द्रकिशोर झालगायतका वक्ताले पाँच दशक अगाडि न्यूनसाधन स्रोतकै आधारमा गोपालचन्द्र गौतमले निर्भिक जनताको पक्षमा पत्रकारिता गरेको चर्चा गरेका थिए ।

राजाको प्रत्यक्ष शासनकालमा खाइरहेको सरकारी जागिर छाडी प्रजातन्त्र र समाजवादको पक्षमा विगुल फुक्दै जनताका समस्यालाई तत्कालीन राज्यसत्तासम्म पु¥याउन गोपालचन्द्र गौतमले खेलेको भूमिका अत्यन्त प्रशंसा योग्यता र सञ्चारकर्मीले अनुशरण गर्नेलायक भएको वक्ताले धारणा व्यक्त गरेका थिए ।
रासस

वि.सं.२०७७ फागुन २ आइतवार १५:३५ मा प्रकाशित

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...