back
CTIZAN AD

साताको पहिलो दिन सेयर बजार राताम्मे

वि.सं.२०७७ फागुन २ आइतवार

774 

shares

२ फागुन, काठमाडौँ । । साताको पहिलो दिन आईतबार सयर बजार राताम्मे देखिएको छ । आज नेप्सेमा ३३ दशमलब ३३ अकंले गिरावट आएको छ भने अधिकाशं कम्पनीको परिसूचक पनि राताम्मे देखिएको छ ।

आज बजार परिसूचक ३३ दशमलव ३३ अंकले ओरालो लागेर समग्र परिसूचक २४९३ दशमबल ५९ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ९ दशमलब ३१ अंकले घटेर ४५४ दशमलब १२ अंकमा पुगेको छ ।

आज सामूहिक लगानी कोष बाहेक सबै कम्पनी समुहको सूचक ओरालो लागेको हो ।

आज कुल सूचिकृतमध्ये २०२ कम्पनीका ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३० रुपैंयाँ बराबरका १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५८ हजार ३०९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेक्को इन्स्योरेन्स, नेपाल बैंक, नेपाल टेलिमक, नेपाल पुर्नबिमा कम्पनी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल बैंक, ग्लोबल आईएमई बैंक, अरुण भ्याली हाइड्रोपावर, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले १० प्रतिशतले कामएका हुन । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, नेक्को इन्स्योरेन्स, हिमालयन उर्जा विकास कम्पनी लगायतका कम्पनीका लगनीकर्ताहरुले उच्च अंकले कमाएका छन भने सर्पोट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, माउन्टेन हाइड्रो, सूर्योदय लघुवित्त लगायतका लगानीकर्ताहरुले उच्च अकंले गुमाएका छन ।

आज भएको कारोबारमा २६ कम्पनी लागनीकर्ताले कमाउदाँ १३८ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ७ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ फागुन २ आइतवार १६:३८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...