३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभाको विघटन गरेसँगै त्यसलाई गैरसंबैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर आन्दोलनका कार्यक्रम गर्दै आएको छ । कांग्रेसले यसअघि पुष १३ देखि माघ १४ गतेसम्म विरोधका विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ ।
आजको प्रदर्शनलाई सफल बनाउनका लागि विरोध प्रदर्शनमा सहभागी भइ ऐक्यबद्धता प्रकट गर्न समेत सभापति शेर बहादुर देउवाले अपिल गरेका छन् ।
आजको प्रदर्शनपछिको बुटवलको सभालाई सभापति देउवाले सम्बोधन गर्नेछन् भने जिल्लाको सभालाई त्यहाँका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महतले धादिङको सभालाई र उपसभिापति विमलेन्द्र निधीले सप्तरी र महामन्त्री शसांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने बताइएको छ ।
वि.सं.२०७७ फागुन ३ सोमवार ०८:५५ मा प्रकाशित






























