back
CTIZAN AD

१५ चैतदेखि राति साढे १२ बजेपछि उडान सेवा बन्दै गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

वि.सं.२०७७ फागुन ३ सोमवार

1K 

shares

३ फागुन, काठमाडौं । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलले राति ३ बजेसम्म गर्दै आएको रात्रि उडानको सेवाको समय घटाउने भएको छ ।
विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार कोभिड १९ का कारण अन्तराष्ट्रिय उडानको संख्यामा गिरावट आएसँगै विमानस्थलको व्यवस्थापनले यसअघि राति ३ बजेसम्म भएको उडान सेवालाई चैत १५ गतेदेखि साढे १२ बजेसम्म मात्र गरिने निर्णय गरेको हो ।
विमानस्थलमा बिहान ६ बजेदेखि रातिको ३ बजेसम्म उडान सेवा हुँदै आएको थियो । यसअघि दैनिक दुइतर्फी ८० को हाराहारीमा उडान हुँदै आएकामा विश्वव्यापी कोरोना महामारीका कारण दैनिक ३० को हाराहारीमा मात्रै अन्तराष्ट्रिय उडान हुँदै आएको छ ।
नेपालसहित १५ मुलुकका ३० वटा वायुसेवाले विभिन्न २१ वटा अन्तराष्ट्रिय गन्तव्यका लागि उडान अनुमति लिए पनि थाइल्याण्डको थाई एयर, थाई लायन, हङकङको ड्रागन एयर, विमान बंगलादेश, मलेसियाको मालिन्दो र मलेसियन एयरले यात्रु अभावका कारण नियमित उडान भर्न नसकेको समाचार सोमबारको कान्तिपुर दैनिकमा रहेको छ ।
त्यस्तै भुटानको ड्रयुक एयर र भुटान एयरलाइन्स, चीनको एयर चाइना, चाइना स्र्टन, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भारतको इण्डिगो र भिस्ताराले पनि नियमित उडान संचालन गरेका छैनन् ।

वि.सं.२०७७ फागुन ३ सोमवार ०९:४१ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...