back
CTIZAN AD

डेढ दर्जन सचिवको सरुवा, एकवर्षमै ४ पटक सरुवा भए मैनाली

वि.सं.२०७७ फागुन ३ सोमवार

786 

shares

३ फागुन, काठमाडौं । निर्वाचनको मिति घोषणा गरेर जसरी पनि चुनाव गराउँछु भन्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले डेढ दर्जन सचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री कार्यालय सम्बद्य एक श्रोतका अनुसार शिक्षा सचिव गोपी मैनालीलाई शिक्षाबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । शिक्षामा आउनुअघि उनी महालेखामा रहेका थिए । मैनालीले त्यो भन्दा अगाडि भूमि व्यवस्था तथा सहकारीमा समेत काम गरिसकेका थिए ।

स्रोतका अनुसार सार्वजनिक खरिदका सूर्यप्रसाद गौतमलाई श्रम तथा रोजगार, अख्तियारमा रहेका सुरेश अधिकारीलाई निर्वाचन आयोग, श्रमका तोपम राया अख्तियार, युवा तथा खेलकूदमा कार्यरत रामप्रसाद थपलियालाई शिक्षा, वित्त आयोगका वेगेन्द्र राजशर्मालाई भूमि व्यवस्था, पुनर्निर्माण प्राधिकरणका सुरेश आचार्यलाई राष्ट्रिय सर्तकता केन्द्र, सर्तकता केन्द्रका मणिराम गेलाललाई पुनर्निर्माण प्राधिकरण, भूमि सुधारका टेक नारायण पाण्डेलाई युवा तथा खेलकूद र निर्वाचन आयोगमा सचिव रहेकी देवकुमारी गुरागाईँलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव तोयानारायण ज्ञवालीलाई लोकसेवा आयोग, प्रदेश १ का सचिव दिनेश भट्टराईलाई उद्योग, लोकसेवाका सचिव अर्जुन प्रसाद पोखरेललाई वाणिज्यमा पठाइएको छ । प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको भूमिका निर्वाह गरेका सहसचिवहरुको सरुवा ठूलो संख्यामा गरिन लागेको बताइएको छ ।

स्रोतका अनुसार निर्वाचन आयोगमा लगिएका सुरेश अधिकारी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका निकट व्यक्ति हुन् । आयोगले यसअघि राजनैतिक दलको विवाद हेर्ने सहसचिवलाई सरुवा गरिसकेको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १०:२८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...