३ फागुन, काठमाडौं । नेपाल बंगलादेश बैंकले नगद लाभांश आफ्नो सेयरधनीहरुको खाताका जम्मा गरेको छ
बैंकले सम्पन्न गरेको २६औं साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट २.४२ प्रतिशतका दरले आफ्नो बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा जम्मा गरेको हो ।
आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउनपनि बैंकले आग्रह गरेको छ ।
बैंकले प्रकाशन गरेको सूचना :
वि.सं.२०७७ फागुन ३ सोमवार १०:४२ मा प्रकाशित






























