back
CTIZAN AD

केछ चार पूर्वप्रधानन्यायाधीशले अदालतलाई बुझाइएको लिखित जवाफमा ? हेर्नुहोस् पूर्णंपाठ

वि.सं.२०७७ फागुन ३ सोमवार

861 

shares

फागुन ३, काठमाडौं । अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशरुले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन् । सोमबार अदालतमा स्वंय उपस्थित भएर उनीहरुले लिखित जवाफ पेश गरेका हुन् ।

अदालतलाई पूर्वप्रधानन्यायाधी अनुपराज शर्माले छुट्टै जवाफ बुझाएका छन् भने अन्य तीन पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त जवाफ बुझाएका छन् ।

जवाफमा न्यायाधीशहरुले प्रतिनिधिसभा विघटनको मुद्दामा सार्वजनिक चाँसो र सरोकारको विषय रहेको भन्दै उक्त विषयमा नागरिकले आफ्नो भनाईहरु राख्नु विधिशास्त्रिय हिसाबले स्वीकार्य भएको दाबी गरेका छन् । जवाफमा न्यायाधीशहरुले विघटनलाई वैद्य भन्दा अदालतको सम्मान र अवैद्य भन्दा अदालतको अपहेलना भनि ठान्नु आफैंमा द्धैद्य शैली भएको पनि बताएका छन् ।

गत पुस २४ मा चार पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको बताएका थिए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि उनीहरुविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसको प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको एकल इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

जुन आदेशअनुसार नै सोमबार चार पूर्वप्रधानन्यायाधीश अदालतमा उपस्थित भएका जवाफ बुझाएका हुन् ।

यस्तो छ पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बुझाएको जवाफ

यस्तो छ पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीले बुझाएको संयुक्त जवाफ

सम्बन्धित समाचार

अपहेलना मुद्दा : लिखित जवाफ लिएर सर्वोच्च अदातल पुगे चार पूर्वप्रधानन्यायाधीश

वि.सं.२०७७ फागुन ३ सोमवार १३:४५ मा प्रकाशित

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...