back
CTIZAN AD

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भर्ने आज अन्तिम मौका

वि.सं.२०७७ फागुन ३ सोमवार

780 

shares

३ फागुन, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गते (मंगलवार) देखि विक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने फागुन ३ गते आज अन्तिम दिन रहेको छ ।

कम्पनीले रू. १०० अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । १ बराबर १ को अनुपातमा जारी गरिएको यो हकप्रद शेयरमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रु. ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदपश्चात यो पूँजी रु. १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ । कम्पनकिो हकप्रद शेयर विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयरपछि फेरी २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ ।

शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव सहित कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापुँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी रू. ३९ करोड ३७ लाख १ हजार चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १३:४८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...