back
CTIZAN AD

भाइरल अडियोलाई स्वीकार गर्दैै गुरु भट्टराईले भने – ‘मिसन डिरेल’ गर्न खोज्नेलाई बाँकी राखिन्न्

वि.सं.२०७७ फागुन ३ सोमवार

786 

shares

फागुन ३, काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले महोत्तरीका अनिलकुमार पासवानलाई ज्यान मार्ने धम्की दिएको अडियो अहिले भाइरल छ । अडियोमा भट्टराईले पासवानलाई एक घण्टाभित्र अपहरण गरि सिध्याउन सक्ने बताएका छन् ।

अडियोमा रक्सिले मातिएको स्थितिमा भट्टराईले पासवानसँग कुरा गरेको देखिन्छ । निकै अपशब्दयुक्त कुराकानीमा भट्टराईले आफुँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको छोरा भएको भन्दै जसलाई पनि कारबाही गर्न सक्ने बताएका छन् ।

दुईबीचको कुराकानी आर्थिक लेनदेन प्रकृतिको छ । करिब ११ मिनेट लामो कुराकानीमा दुवैले अपशब्दपूर्णं र धम्कीपूर्णं भाषाको प्रयोग गरेका छन् ।

अडियो स्वीकार गर्दै भट्टराईले भने –मिसन डिरेल गर्न खोज्नेलाई कारबाही गरिन्छ

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सार्वजनिक विवादास्पद अडियो आफ्नो भएको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भाईरल अडियोबारे बोल्दै उनले आफैंले धम्की दिएको व्यक्तिलाई आफुँले कानूनी कारबाही गर्ने बताएका छन् । काटमार गर्ने धम्की दिएपछि आफुँले गलत शैलीमा कुराकानी गरेको उनको भनाई छ ।

केहि दिन अघि देखी आफुलाइ महोत्तरी घर भन्ने र माओबादी कार्यकर्ता ठान्ने अनिल पासवान भन्ने ब्यक्तिले पटक पटक कल गरेर…

Posted by Guru Bhattarai on Sunday, February 14, 2021

‘खुलेआम काटमार गर्छु भनेपछी प्रतिकृयामा आएका केही शैलीगत समस्यामा क्षमा चाहन्छु । तर म पनि मान्छे हो र मानवसंबेदना नै क्रस गरेपछी संयमता गुम्ने गर्छ । पटक पटक बिना कारण धम्क्याउने र ज्यान मार्ने धम्कि दिनेलाइ कानुनी कारबाही प्रकृया अघि बढाउँदै छु ।’, सामाजिक सञ्जालमा उनले भनेका छन् ।

उनले त्रास र धम्की दिनेको प्रतिवाद गर्ने पनि चेतावनी दिएका छन् । उनले अघि भनेका छन्, ‘त्रास र धम्कि देखाएर राष्ट्रको बर्तमान मिसन डिरेल गर्न सकिन्छ भनेर लागेका केही गिरोहको कडा रुपमा प्रतिबाद हुन्छ । बिरोध गर्ने बिषय नपाएपछी अनेक खालका षडयन्त्र गर्न झ्यासहरु लाग्दैमा मैदान छोडिदैन स निश्चिन्त भए हुन्छ ।’

यस्ताे छ भाइरल अडियाे

https://www.youtube.com/watch?v=BYp5-KC8CHc

वि.सं.२०७७ फागुन ३ सोमवार १४:४७ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...