back
CTIZAN AD

वासिङ मेसिनमा परी एक महिलाको मृत्यु

वि.सं.२०७७ फागुन ३ सोमवार

717 

shares

३ फागुन, भक्तपुर । वासिङ मेसिनमा परी एक महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित चुनदेवीमा रहेको लाइभ स्टार कपडा वासिङ सेन्टरको वासिङ मेसिनमा परी एक महिला मजदुरको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दोलखाको भीमेश्वर नगरपालिका ९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीया कमला केसीको मृत्यु भएको हो ।

वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा कमला अचानक वासिङ मेसिनभित्र परेकी थिइन् । वासिङ मेसिनमा परेर घाइते भएकी कमलालाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल पु¥याउँदा मृत्यु घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

उनका अनुसार कम्पनीका सञ्चालक साजन पराजुलीले कमलालाई वासिङ मेसिनमा परेर घाइते भई लडिरहेको अवस्थामा फेला पारेका थिए । कम्पनीका सञ्चालक पराजुलीले नै घाइते भई अचेत अवस्थामा फेला परेकी कमलालाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल पठाएको प्रहरीलाई जानकारी गराइएको बताए ।

उनका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार २१:०८ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...