back
CTIZAN AD

कतै तपाईलाई पनि तपाईको नाङ्गो तस्विर वा भिडियो पठाउनुहोस् भन्दै म्यासेज आउने गरेको त छैन ?

वि.सं.२०७७ फागुन ४ मंगलवार

822 

shares

४ फागुन, काठमाडौँ । सामाजिक सञ्जाल चलाउनेहरुका लागि प्रहरी प्रधान कार्यालय साईबर व्यूरो काठमाडौँले विशेष अनुरोध गर्दै सूचना जारी गरेको छ ।

विभिन्न समयमा व्यक्तिहरूको ल्याण्डलाईन, मोबाईल फोन नम्बरहरुमा Unknown, Private  वा कुनै पनि नम्बर Display नहुने तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर ‘म साईबर क्राईम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भैरहेको छ, हामीले एक पटकको लागि त्यसो हुनबाट रोकिदिएका छौं, तर Verification  को लागि तपाइले आफ्नो Nude Photo, Video पठाउनु होस भनेर ई-मेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने तत्पश्चात् उक्त ई–मेल, फेसबुकको आई डी, मेसेन्जरDe-Activate गर्ने गरेको भन्ने सूचना एवं उजुरीहरु पछिल्ला समयमा बढ्दै गईरहेको प्रति यस ब्यूरोको ध्यानाकर्षण भएको भन्दै यस्तो सूचना जारी गरेको हो ।

ब्यूरोले आफ्ना व्यक्तिगत कुनैपनि विवरणहरू उपलब्ध नगराउन अनुरोध गरेको छ ।

ब्यूरोले प्रविधिको दुरुपयोग गरी गरिएका गैर जिम्मेवारी तथा ऐन कानुन विपरीत कार्य प्रति सजग भई, त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलापहरूबाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनैपनि विवरणहरू उपलब्ध नगराउन साथै त्यस्ता कार्यहरू भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोको टेलिफोन नं. ०१९ ४२१९०४४, ४२१९०४८, मोबाईल नं. ९८५१२८६७७० वा ई-मेल ठेगाना  cyberbureau@nepalpolice.gov.np  मा सूचना वा जानकारी दिन हुन पनि अनुरोध गरिएको छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १८:४७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...