back
CTIZAN AD

एमिकस क्युरीको राय : संविधान बचाउने हो भने विघटन बदर गरौं

वि.सं.२०७७ फागुन ५ बुधवार

900 

shares

फागुन ५, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व दायर रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस चलिरहेको छ । रिटमाथि चलेको बहसमा अहिले एमिकस क्युरीका सदस्यहरुले राय दिईरहेका छन् ।

बुधबार भएको बहसमा एमिकस क्युरीका तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले संविधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । उनले विघटनलाई बदर गरिनुपर्ने राय राखे ।

‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ र १८७,’ खरेलले भनेका छन्, ‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन, हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

उनका अनुसार संविधान जिवितै छ भन्ने मान्ने हो भने विघटन कदापी सदर हुँदैन् । उनले ‘कम्पन ल्याइदिउँ’ भन्ने लागेको भए सदर गरे हुने सुझाब पनि राखे । ‘यो संविधानले अझै काम गर्न सक्छ भन्ने हो भन्ने विघटन बदर गर्नुको विकल्प छैन, प्रधानमन्त्रीको निर्णय बदर हुनुपर्छ’, उनले भनेका छन्, ‘हैन २०४७ सालमा भवानी घिमिरेले ‘यो घर त भित्रभित्र चर्केको छ, यसले सानोतिनो भुइँचालो पर्खेको छ’ भन्ने कविता पढ्याजस्तो प्रणाली ध्वस्त हुन लागेको छ हामी सानो कम्पन दिउँ लाग्छ भने विघटन प्रधानमन्त्रीको अधिकार भनेर सदर गरे हुन्छ।’

वरिष्ठ अधिवक्तासमेत रहेका खरेलले प्रधानमन्त्रीको कदम सदर गरिए देशमा निकै अराजकता आउने पनि बताए । ‘माथिकाले सीमा नाघ्यो भने तलकाले पनि सीमा नाघ्छन्’, खरेलले भनेका छन्, ‘ त्यसैले विघटनलाई असंवैधानिक भनेर खारेज गर्नुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । उक्त विघटनको कदमविरुद्व सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी छ । जसमा अहिले एमिकस क्युरीले राय दिईरहेको छ । जसलगत्रै संवैधानिक इजलासले विघटन सदर गर्ने कि बदर गर्ने निर्णय लिनेछ ।

वि.सं.२०७७ फागुन ५ बुधवार १५:३० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...