back
CTIZAN AD

काठमाण्डौंका श्रेष्ठसहित ४ जना मृत अवस्थामा भेटिए

वि.सं.२०७७ फागुन ५ बुधवार

765 

shares

५ फागुन, काठमाडौं । काठमाडौंका रजुनमान श्रेष्ठसहित विभिन्न ठाउँमा चारजना मृत फेला परेका छ ।
काठमाडौं महानगरपालिका–७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ वडा नं ८ स्थित बाग्मती खोलाको छेउमा मृत अवस्थामा फेला परेका छन् ।
घरमा कसैलाइ जानकारी नदिई निस्केका उनी शुक्रबार मृत फेला परेका हुन् । घटनामा शंकास्पद ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका–६ टोलटोलेस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन र उमेर नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यान, बनगार कुपिण्डे नगरपालिका–६ चिथौरेस्थित कुले खत्रीको घरमा उनकी साली नाता पर्ने सुर्खेत विरेन्द्रनगर नगरपालिका–१० रहरपुकी ३४ वर्षीया सपना रावत जैशी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

भेटघाटको सिलसिलामा सोमबार चिथौरे आएका सपना र उनका पति कृष्ण प्रसाद जैशी साँझ खाना खाई सुतेकोमा बिहान सपना मृत फेला परेको प्रहरीले जनाएको छ ।

पर्सा, बीरगंज महानगरपालिका–१० स्थितकलवार धर्मशालाको कोठा नम्बर १ मा बस्दै आएका वडा नं ८ गहवा बस्ने ६५ वर्षीय बिश्वनाथ प्रसाद साह कानु सोही कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार १४:५३ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...