back
CTIZAN AD

त्रिभुवन विश्वविद्यालयद्धारा ३ वर्षे एल.एल.वीको परिक्षा तालिका सार्वजनिक

वि.सं.२०७७ फागुन ७ शुक्रवार

930 

shares

७ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खले बार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ३ वर्षे एल.एल.वीको परीक्षाका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

यस्तो छ सूचना

Exam Schedule: 3 Years LLb 3rd Year 2077

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा  संचालन हुने ३ वर्षे एल.एल.वी.तेस्रो वर्ष आंशिक तथा मौका समेत परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

परीक्षा समयः विहान ८.०० बजेदखि ११.०० बजेसम्म ।

Date Subjects
2077-11-12 International Institutions & Human Rights-521/ Hindu Jurisprudence & Nepal Legal System-502
2077-11-14 Interpretation of Statutes- 522/ Law Of Contract-503
2077-11-16 Professional Ethics &  Lawyering Skills Law- 523 / Law of The Sea & International Rivers-505
2077-11-18 Company & Corporation Law – 524  / Law of the Banking Negotiable Instruments-506
2071-11-20 Law of the Sea and International  Rivers Law- 526   Private International Law-507
2077-11-23 Law of Banking and Negotiable Instruments Law- 527  /Criminology-508
2077-11-25 Private International Law  Law -528/ International  Trade Law-509
2077-11-28 Intellectual Property Law  Law- 529 / Intellectual  Property-510
2077-12-01 Population Law- 530/Major Legal System-501
2077-12-03 Victimology-531
2077-12-05 Cyber Law-533
 

विशेष सूचना

यसै कार्यक्रमानुसार ३ वर्षे ए.एल.एल.वि. तेस्रो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता  क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७७ माघ २७ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७७  माघ २९ गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ ।

द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन।

२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।

३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।

५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।

७. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन ।  अन्यथा केन्द्राघ्यक्षले त्यस्ता

सामान जफत गर्न सक्नेछ ।

८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।

९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

१०. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत ः रद्द हुनेछ ।

परीक्षा नियन्त्रक

वि.सं.२०७७ फागुन ७ शुक्रवार १०:०९ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...