back
CTIZAN AD

तोरी उत्पादनमा वृद्धि

वि.सं.२०७७ फागुन ७ शुक्रवार

1.4K 

shares

७ फागुन, चितवन । जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो ।

गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिइन् ।

त्रिपाठीका अनुसार जिल्लामा यस वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलब २ प्रतिशत रहेको छ । गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन वढेको उनले बताइन् ।

जिल्लाको इच्छाकामना गाउँपालिका–७ र अन्य छ वटा पालिकामा तोरी खेती गरिँदै आएको छ । जिल्लाका किसानले तोरी खेतीमा बढी मात्रामा एमोनियम सल्फेट प्रयोग गर्ने गरेको उनको भनाइ छ । यसको प्रयोगले तेलको उत्पादन बढी हुने गरेको कार्यालयले जनाएको छ । रासायनिक मलको सट्टामा किसानले यसको प्रयोग गर्ने गरेको भए पनि यसले माटोको उर्बराशक्तिमा कम हुने उनले बताइन् ।

विशेषगरी खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिँदै आएको छ । सिँचाइको सुविधा भएका ठाउँमा तोरी राम्रो उत्पादन भएको उनले बताइन् । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रुपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।

नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिँदै आएको छ । यहाँ वार्षिक दुई लाख ८० हजार ५३० मेट्रिक्टन उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । तेलहन बाली गरिने क्षेत्रमध्ये ९० प्रतिशत क्षेत्रमा तोरी खेती गरिने गरेको छ । दश प्रतिशत क्षेत्रफलमा सूर्यमुखी, सरस्यूँ, तिल, आलसजस्ता तेलहन बाली गरिने गरिन्छ । कैलाली, बर्दिया र दाङमा विशेषगरी तोरी खेती बढी गरिन्छ । पहिलेपहिले तोरीका लागि प्रख्यात जिल्ला मानिएको चितवन पछिल्ला वर्षमा भने उत्पादन घट्दै गएको थियो ।
रासस

वि.सं.२०७७ फागुन ७ शुक्रवार ११:४६ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...