फागुन ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समिति सदस्य निर्वाचन आयोग जाने भएका छन् । नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले टुंगो नलगाएका बेला नेकपाका बहुमत केन्द्रीय सदस्य सशरीर उपस्थित हुन लागेका हुन् ।
केन्द्रीय सदस्य उर्मिला अर्यालका अनुसार मध्यान्ह १२ बजे पार्टी कार्यालय, पेरिसडाँडामा सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले निर्देशन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएको थियो । विभाजनपश्चात प्रचण्ड–नेपाल पक्षमा झण्डै दुई तिहाई केन्द्रीय सदस्य देखिएका छन् ।
तर, निर्वाचन आयोगले कुन पक्षलाई आधिकारिकता दिने भन्ने टुंगो लगाउन सकेको छैन् । यसबीच दुवै पक्षले आफुँ आधिकारिक भएको बताईरहेका छन् ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार ११:५४ मा प्रकाशित






























