back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक, यस्ता छन् बैठकका एजेण्डा

वि.सं.२०७७ फागुन ७ शुक्रवार

672 

shares

फागुन ७, काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेदेखि सुरु भएको प्रचण्ड–नेपाल पक्षका स्थायी समिति गणेश शाहले जानकारी दिए ।

समूहले हिजो मात्रै सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार कार्यालय आएका सदस्यहरुका बीच बैठक आव्हान गरिएको जनाइएको छ ।

आकस्मिक बैठकका एजेण्डा यस्ता

नेता शाहका अनुसार आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक संगठन निर्माणका विषयमा छलफल हुने सम्भावना छ । पार्टी विभाजनसँगै रिक्त रहेका पदहरुमा नयाँ नियुक्तीबारे छलफल हुनसक्ने उनले बताए ।

यसअघि पार्टीको आन्तरिक सांगठनिक विषयमा सुझाब दिन पार्टी अध्यक्षसमेत रहेका नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनेको थियो । शाहले जनाएअनुसार आकस्मिक बैठकमा सोही कार्यदलले गरेको निर्णयबारे छलफल हुनसक्ने सम्भावना छ ।

प्रतिनिधि सभा विघटनविरुद्व आन्दोलनको घोषणा गरेको प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजन यता सांगठनिक व्यवस्थापनामा भने ध्यान दिन सकेको छैन् । आन्दोलनमा होमिएको प्रचण्ड–नेपाल पक्षमा केन्द्रमा महासचिवदेखि जिल्ला तहसम्म नेतृत्व रिक्त छन् ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १३:२८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...