फागुन ७, काठमाडौं । भूटानमा ‘सैन्य कु’को प्रयास असफल भएको छ । सत्ता कब्जाको प्रयासमा लागेको आरोपमा सर्वोच्चका दुई न्यायाधिश र सेनाका केहि अधिकारीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।
सञ्चार माध्यमका अनुसार सत्ता परिवर्तनको लागि भईरहेको योजनाबारे केहि दिन अघि नै सरकारले जानकारी पाएको थियो । केहि समय अघि पक्राउ परेकी एक महिलामार्फत ती सबै कुरा सरकारले थाहा पाएको जनाइएको छ ।
योजनागत रुपमै मुख्य न्यायाधीश, केहि कानून अधिकारी र सैन्य प्रमुखहरुलाई पदबाट हटाउने योजना बनाईरहेको कुरा खुलेको छ ।
भूटानको सरकारी अखबारका अनुसार भूटान पुलिसले बुधबार सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कौंले टेसेरिंग र सहयोगी न्यायाधीश येसे दोर्जीलाई प्रारम्भिक अनुसन्धानको लागि पक्राउ गरेको छ ।
यस्तै रोयल सुरक्षा अधिकारी थिन टोबगे, रोयल भुटान आर्मीका प्रमुख परेशन अधिकार गुगलोइन गोंग्मालगायत पनि पक्राउ परेका छन् । जनाइएअनुसार सत्ता कब्जाको योजनामा लागेका न्यायाधीश र सैन्य अधिकारसहित ११ जनाविरुद्व मुद्दा दर्ता गरिएको छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १५:०६ मा प्रकाशित






























